सुप को लागि आबस्यक सामानहरु (Require Materials)
1. लसुन (मसिनो काटिएको चाना) -Garlic
2. अदुवा (मसिनो काटिएको चाना) ) - Ginger
3. हरियो खर्सानी (मसिनो काटिएको चाना) – Green Chilli
4. धनिया (मसिनो काटिएको चाना) ) – Coriander Leaf
5. हरियो सिमी (मसिनो काटिएको चाना) –Green Beans
6. गाजर (मसिनो काटिएको चाना) – Carrot
7. पत्ता गोबी (मसिनो काटिएको चाना) – White Cabbage
8. हरियो प्याज (मसिनो काटिएको चाना) – Spring Onion
9. तेल – Oil
10. नुन - Salt
11. धुलो मरिच – Black Paper powder
12. भेजिटेबल स्टक (लसुन ,प्याज ,गाजर ,सेलरी ,इत्यादी उमालेको पानि ) - Vegetable stock
13. कन फलावर – Corn Flour
बनउने तरिका (Method)
भाडोमा आबश्यक तेललाइ केहि समय तताउने अनि लसुन र अदुवा लाई केहि रातोहुन्जेल सम्म भुट्नु पर्छ ! अनि हरियो खुर्सानी,सिमी ,गाजर ,पत्तागोबी (बन्दागोबी) लाई मिसाउने ! अनि अलिकति सोया सस (Soy Sauce) मिक्स गरि बिस्तारै मिलाउनुहोस् ,भेजिटेबल पुरा नपाक्दै भेजिटेबल स्टक (लसुन ,प्याज ,गाजर ,सेलरी ,इत्यादी उमालेको पानि )खनाउनुहोस,अनि अलकति मरिचको धुलो र नुन हाली उमाल्ने ! राम्रो संग उम्लिसके पछि केहि कोर्न फलावर (Corn Flour) पानीमा घोली मिलाउने ताकी सुप केहि गाडा होस् (अतिरिक्त स्वादको लागि भेजिटेबल क्युब (Vegetable Cube) अथवा अजिनोमोटो ( Aji-no-motto) पर्योग गर्न सकिनछ)!