एउटा विचार र अनुभव सम्प्रेषण गर्ने दरिलो माध्याम ...ब्लगको दुनियामा मेरा केहि पलहरु ...

Dibrung Shivalaya

It is located at Dibrung VDC of Gulmi District of Nepal. It's near by My Village Arjewa. Shree 1008 Swami Parmanandh was penance at this place. It’s famous for Hindus propels for worship at occasion of Balachaturdashi and Shiv Ratri.

Thursday, 7 October 2010

भेजिटेबल कुर्मा (vegetable curma, south Indian style )
      आबस्यक सामानहरु (Required Items)
·         मिक्स भेजिटेबल   (Mix Vegetable )
·         प्याज (मसिनो ) Onion)
·         हरियो खुर्सानी (Green Chilly)  
·         धनिया पाउडर (Coriander Powder )
·         नुन (Salt)
·         ल्वांग (Cloves )
·         इलाइचि (Cardamom)
·         नरिवल पाउडर (Coconut Powder )
·         लसुन (Garlic)
·         अदुवा (Ginger)
·         बेसार (Turmeric Powder )
·         दालचिनी (Cinnamon Stick )  
पकाउने बिधि (Method )
एउटा भाडोमा तेल तताउने, अनि दालचिनी ,ल्वांग ,एलाइचि २,३ मिनेट फ्राइ गरौ ,अब प्याज र हरियो खुर्सानी मिलाई प्याज अलिकति रातो-रातो हुन्जेल भुट्ने अनि अदुवा र लसुनको पेस्ट मिलाई भुट्ने, अब तपाईलाइ मनपर्ने भेजिटेबल मिसाइ ४ ,५ मिनेट भुटनुहोस !
अलिकति पानि एड (थपौ) गरौ अनि बेसार मिलाउदै भेजिटेबल राम्रोसंग पकाउ, राम्रो संग पाकेपछि अलिकति क्रिम(Whipping Cream) ,बटर मिलाउ (नरिवल पाउडर अथवा नरिवलको पेस्ट पनि एड गर्न सकिन्छ)
                     यसरि स्वादिलो भेजिटेबल कुर्मा  तयार गर्न सकिन छ  !            

Wednesday, 15 September 2010

फिंगर फिस फ्राइ(finger fish fry)

Ø  हाड निकालिएको (boneless) माछा लाई औलाकर (finger) काटने !
Ø  माछा लाई पिसे को लसुन ,निम्बुकोरस ,मरिचको धुलो र नुन राखी मिलाउने !
Ø  एउटा भाडो मा मैदा र अन्डा मिलाउने !
Ø  अब अन्डा र मैदाको घोलमा माछालाई मिलाउने !
Ø  एक-एक पिस माछालाई चारै तिर लाग्ने गरि ब्रेड क्रममा मिलाउने !
Ø  राम्रो संग तातेको तेलमा माछालाई एक-एक गरि तलने(फ्रइगर्ने) !
Ø  अब चाहे अनुसार को सास(टमाटो,चिल्ली सास) संग खान सकिन्छ !
अनि केहि आलु चिप्स संग पनि खान सकिन्छा !

fry fish finger

Tuesday, 7 September 2010

साधारण सब्जीको सुप (Light/ Fresh Vegetable Soup)


सुप को लागि आबस्यक सामानहरु (Require Materials)

1. लसुन (मसिनो काटिएको चाना) -Garlic

2. अदुवा (मसिनो काटिएको चाना) ) - Ginger

3. हरियो खर्सानी (मसिनो काटिएको चाना) – Green Chilli

4. धनिया (मसिनो काटिएको चाना) ) – Coriander Leaf

5. हरियो सिमी (मसिनो काटिएको चाना) –Green Beans

6. गाजर (मसिनो काटिएको चाना) – Carrot

7. पत्ता गोबी (मसिनो काटिएको चाना) – White Cabbage

8. हरियो प्याज (मसिनो काटिएको चाना) – Spring Onion

9. तेल – Oil

10. नुन - Salt

11. धुलो मरिच – Black Paper powder

12. भेजिटेबल स्टक (लसुन ,प्याज ,गाजर ,सेलरी ,इत्यादी उमालेको पानि ) - Vegetable stock

13. कन फलावर – Corn Flour



बनउने तरिका (Method)

भाडोमा आबश्यक तेललाइ केहि समय तताउने अनि लसुन र अदुवा लाई केहि रातोहुन्जेल सम्म भुट्नु पर्छ ! अनि हरियो खुर्सानी,सिमी ,गाजर ,पत्तागोबी (बन्दागोबी) लाई मिसाउने ! अनि अलिकति सोया सस (Soy Sauce) मिक्स गरि बिस्तारै मिलाउनुहोस् ,भेजिटेबल पुरा नपाक्दै भेजिटेबल स्टक (लसुन ,प्याज ,गाजर ,सेलरी ,इत्यादी उमालेको पानि )खनाउनुहोस,अनि अलकति मरिचको धुलो र नुन हाली उमाल्ने ! राम्रो संग उम्लिसके पछि केहि कोर्न फलावर (Corn Flour) पानीमा घोली मिलाउने ताकी सुप केहि गाडा होस् (अतिरिक्त स्वादको लागि भेजिटेबल क्युब (Vegetable Cube) अथवा अजिनोमोटो ( Aji-no-motto) पर्योग गर्न सकिनछ)!

Sunday, 5 September 2010

मेरो भन्नु

के तपाईलाई स्वादिलो खाना बनाएर खाने रहर छ ? कुनै खाना कसरि बनाउने भन्ने चाहा भए – मेरो यो ‘ केहीपल ’ ब्लग भिजिट गर्न नबिर्सिनु होला !

जिबन यापनको लागि आधारभूत मुलभुत ३ मुख्य कुरा -गास ,बास र कपास मानवको लागि नभई नहुने कुरा हुन् ! जस्तो आवासको लागि बिभीन्न किसिमका घर /बिल्डिंग, अनि शरीर ढाक्नका निम्ति विभिन्न किसिमका कपडा अनि फरक कलर र डिजाइन चाहिन्छ भने ! उस्तै गरी खानापानको निमित पनि धेरै किसिमका रहरहरु पलाएर बसेका हुन्छन ! जति धेरै किसिमका मानिसहरु त्यति धेरै स्वादिला जिब्राहरु रहेका हुन्छन ! त्यहि स्वादिला जिब्रहरुले जन्माएको छ खानाका परिकारहरु (ढाचाहरु) पनि ! त्यस्तै किसिमको जिब्रो भएको म पनि त्यो रहर बात अछुतो रहन सकिन अनि सम्झे ‘जसले मह काड्छ उसैले हात चाट्छ’ झै - आफै तम्से मेरो भान्सामा खानाका भेराइटी खोज्न अनि त्यसको रसस्वादन गर्न ! नत्र त ‘स्वादे जिब्रो, अल्छे तिघ्रो’ भएर आफुले भने झै खान खान काहा पाइदो रहेछ र !

त्यहि भएर त्यो आफुले जानेका खुराकहरु सबै समक्ष प्रस्तुत गर्ने हेतुले मैले यो ब्लगको शुरुवात गरेको छु ! जसले अरु मित्रहरुलाई नि केहि हद सम्म खानाका परिकारहरु तयार गर्न सहयोग पुगोस ! यहाँ म खानामा भएका विविधता लाइ सकेसम्म राम्ररि प्रस्तुत गर्ने जमर्को गर्ने छु ! अनि त्यसको बारेमा तपाइँहरुले मेरा कमि कमजोरीहरु औलाई राम्रो सल्लाह सुझाब दिनु हुने’छ भन्ने अपेक्षा गरेको छु ! तपाइहरुको प्रतिक्रिया नै मेरो मार्गदर्शन हुने’छ ! धन्यबाद !