एउटा विचार र अनुभव सम्प्रेषण गर्ने दरिलो माध्याम ...ब्लगको दुनियामा मेरा केहि पलहरु ...

Sunday 5 September 2010

मेरो भन्नु

के तपाईलाई स्वादिलो खाना बनाएर खाने रहर छ ? कुनै खाना कसरि बनाउने भन्ने चाहा भए – मेरो यो ‘ केहीपल ’ ब्लग भिजिट गर्न नबिर्सिनु होला !

जिबन यापनको लागि आधारभूत मुलभुत ३ मुख्य कुरा -गास ,बास र कपास मानवको लागि नभई नहुने कुरा हुन् ! जस्तो आवासको लागि बिभीन्न किसिमका घर /बिल्डिंग, अनि शरीर ढाक्नका निम्ति विभिन्न किसिमका कपडा अनि फरक कलर र डिजाइन चाहिन्छ भने ! उस्तै गरी खानापानको निमित पनि धेरै किसिमका रहरहरु पलाएर बसेका हुन्छन ! जति धेरै किसिमका मानिसहरु त्यति धेरै स्वादिला जिब्राहरु रहेका हुन्छन ! त्यहि स्वादिला जिब्रहरुले जन्माएको छ खानाका परिकारहरु (ढाचाहरु) पनि ! त्यस्तै किसिमको जिब्रो भएको म पनि त्यो रहर बात अछुतो रहन सकिन अनि सम्झे ‘जसले मह काड्छ उसैले हात चाट्छ’ झै - आफै तम्से मेरो भान्सामा खानाका भेराइटी खोज्न अनि त्यसको रसस्वादन गर्न ! नत्र त ‘स्वादे जिब्रो, अल्छे तिघ्रो’ भएर आफुले भने झै खान खान काहा पाइदो रहेछ र !

त्यहि भएर त्यो आफुले जानेका खुराकहरु सबै समक्ष प्रस्तुत गर्ने हेतुले मैले यो ब्लगको शुरुवात गरेको छु ! जसले अरु मित्रहरुलाई नि केहि हद सम्म खानाका परिकारहरु तयार गर्न सहयोग पुगोस ! यहाँ म खानामा भएका विविधता लाइ सकेसम्म राम्ररि प्रस्तुत गर्ने जमर्को गर्ने छु ! अनि त्यसको बारेमा तपाइँहरुले मेरा कमि कमजोरीहरु औलाई राम्रो सल्लाह सुझाब दिनु हुने’छ भन्ने अपेक्षा गरेको छु ! तपाइहरुको प्रतिक्रिया नै मेरो मार्गदर्शन हुने’छ ! धन्यबाद !

No comments:

Post a Comment